५.९ मुलुकी देवानी संहिता र देवानी कार्यविधि संहिताको प्रमुख विशेषताहरु
Note : यस पाठको सम्पूर्ण नोट PDF तह Upload गरिएको छ | Download गर्नलाई तल Scroll गर्नुहोस् | "धन्यवाद
मुलुकी देवानी कानूनको परिचय
- व्यक्तिको हक अधिकार कर्तव्य तथा दायित्वलाई नियमित र व्यस्थित गर्ने कानून नै देवानी कानून हो।
- यो व्यक्तिगत सम्बन्धा पद हैसियत, सम्झौता, सम्पति आदि विषयसँग सम्बन्धित छ।
- देवानी कानूनलाई;
• व्यक्ति सम्बन्धी कानून
• परिवारिक कानून
• सम्पत्ति कानून
• करार कानून
• निजी अन्तर्राष्ट्रिय कानून आदि रुपमा हेरीन्छ ।
- देवानी कानूनलाई सारवान देवानी कानून र कार्यविधि देवानी कानूनका रुपमा वर्गीकरण गरीन्छ ।
- देवानी कानूनको उल्लङ्घन गरीएमा समान्यता कैद सजायको व्यवस्था गरिदैन |
- यसको दायित्व एक पुस्ताबाट अर्कोमा सर्छ | ( जस्तै: बुबाले लिएको ऋण छोरालाई समेत तिर्नु पर्ने )
- देवानी विषयलाई व्यवस्थित गर्न नेपालमा मुलुकी देवानी संहित २०७४ र देवानी कार्यविधि संहिता २०७४ कार्यान्वयनमा रहेको छ।
देवानी कानून (न्याय) को समान्य सिद्धान्तहरू :-
मुलुकी देवानी ऐन २०७४ को परिच्छर २ को दफा ५ देखि १६ सम्मका देवानी कानूनका सिद्धान्तहरु उल्लेख छ ।
- कानूनको अज्ञानता छम्य नहुने,
- सार्वजनिक हित विपरीत हुनेगरी काम गर्न नहुने,
- कानून विपरीतको काम अमान्य हुने,
- गलती गर्नेले क्षति व्यहोर्नुपर्ने
- अरुलाई दुःख दिने गरी काम गर्न नहुने,
- गल्तीको फाइदा लिन नपाउने
- हित विपरीतको काम अमान्य हुने
- व्यक्तित्वलाई स्वीकार गर्नुपर्ने
- असल छिमेकीपन कायम गर्नुपर्ने
- देवानी दायित्वबाट छुटकारा नपाईने
- कानून विपरीतको प्रथा परम्पराहरुलाई मान्यता नदिने
- विदेशीको हकमा पनि लागू हुने ।
मुलुकी देवानी संहिता २०७४ को विशेषताहरू :-
वि.स. २०२० को नयाँ मुलुकी ऐनका व्यवस्थाहरूलाई संशोधन र परिमार्जन गरी संहिताको रुपमा नयाँ कानूनको तर्जुमा भई २०७४ असेाज ३० गते जारी भई २०७५ भाद्र १ गते देखी नेपालमा लागू गरीएको मुलुकी देवानी संहिताको मुलभूत विशेषताहरू निम्न लिखित छन् |
- देवानी विषयका सम्बन्धमा विकसित नविनतम मूल्य मान्यतालाई संशोधन र एकिकरण गरीएको कानूनी संग्रह,
- छरिएर रहेका देवानी विषयलाई संहिताकृत गरीएको कानून,
- देवानी न्यायका समान्य सिद्धान्तहरू व्यास्था गरीएको,
- सबै नगरिकलाई समान कानूनी हैसियत प्रदान,
- अन्तरदेशीय धर्मपुत्र, धर्मपूत्री, सम्बन्धी व्यवस्थालाई समावेश,
- पति र पत्नि दुबैले सम्बन्ध विच्छेद गर्न सक्ने प्रावधान समावेश,
- वस्तुको उपभोगद्वारा हानि पुगेमा उत्पादकाले नोक्सानी व्यवहोर्नु पर्ने,
- गर्भको शिशुलाई समेत अंश छुट्याउन सक्ने व्यवस्था,
- देवानी कानूनलाई व्यक्तिसम्बन्धी कानून परिवारिक कानून, सम्पति कानूनी, करार कानून, निजी अन्तर्राष्ट्रिय कानून आदि रुपका बर्गिकरण,
- मृत्युपछि अंगदान गर्न सकिने व्यवस्था,
- शरिरको उपचार अंग परिवर्तन गर्न सकिने व्यवस्था,
- झुटा उजुरी दिएमा छतिपूर्ति दिनुपर्ने,
- दामाशाही परेका १२ वर्षपछि दामाशाहीको अन्त्य भएको मानिने,
- विवाहका लागि २० वर्ष उमेर भएको हुनुपर्ने,
- आफ्नो दाहसंस्कारको विधि आफै निर्धारण गर्न सक्ने,
कानूनी व्यक्तिले गर्न पाउने कामहरू :-
मुलुकी देवानी संहिता, २०७४ को दफा ४२ अनुसार अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थाको रूपमा रहने कानूनी व्यक्तिले प्रचलित कानूनको अधीनमा रही देहायको काम गर्न पाउदछन् ।
- सम्पत्ति प्राप्त गर्न, राख्न, आर्जन गर्न, भोगचलन गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापन गर्न,
- करार गर्न, करार बमोजिमको अधिकार प्रयोग र दायित्व निर्वाह गर्न वा अन्य कुनै किसिमबाट कुनै किसिमको हक वा दायित्व स्वीकार गर्न,
- आफ्नो कामकारवाही वा व्यवसाय सञ्चालन गर्न आवश्यक विधान वा विनियमावली बनाउन,
- आफ्नो कार्य सम्पादन गर्न अधीनमा रही कर्मचारी नियुक्ति गर्न,
- आफ्नो विधान तथा विनियमावलीको अधीनमा रही शाखा वा अन्य कार्यालय खोल्न,
- कुनै बैङ्क वा वित्तीय संस्थामा खाता खोल्न र खाता सञ्चालन गर्न,
- कानून बमोजिम अन्य कार्य गर्न।
मुलुकी देवानी संहिता २०७४ ऐन
मुलुकी देवानी कार्यविधि संहिताको परिचय :-
- देवानी मुद्दाको दायरी, कारवाही, सुनुवाई र किनारा तथा सोसँग सम्बन्धित अन्य कार्यविधि निर्धारणा गर्ने तथा देवानी मुद्दामा भएको निर्णय कार्यान्वयनलाई सहज वनाउने कानून मुलुकी देवानी कार्यविधि सहित हो।
- यसले फिराद दर्ता, प्रतिउतर लगाउने प्रमाण प्रस्तुती देखि फैसला हुने र फैसला कार्यन्वयन गर्ने सम्मको कार्यविधि व्यवस्था गरेको छ।
- नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले यो ऐन बनाएको हो।
- हाल नेपालमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ कार्यान्वयनमा रहेको छ |
देवानी कार्यविधि कानूनको समान्य सिद्धान्तहरू :-
मुलुकी देवानी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ४-१५ मा यस सम्बन्धी व्यवस्था गरिएको छ |
- सुनुवाई खुल्ला इजलासमा हुने,
- अधिकार प्राप्त अदालतमा सुनुवाई हुने,
- हक बेहक प्रश्न अदालतबाट निरुपण हुने,
- कानूनी हैसियत सम्बन्धी विवाद नियमित अदालतबाट मात्र निरुपण हुने,
- पक्षहरुलो हैसियत समान रहने,
- फिराद दाबी गर्न हकदैया हुनु पर्ने,
- अधिकार क्षेत्र सून्य नहुने,
- निर्णय गर्नबाट पन्छिन नहुने,
- मिलापत्र वा मेलमिलाप गर्ने मौका दिनु पर्ने,
- प्राङ्गन्यायको सिद्धान्त अवलम्बन गर्ने
- पुनरावेदनको अधिकार हुने |
देवानी कार्यविधि सहिताको विशेषताहरू :-
२०७४ असोज ३० गते जारी भई २०७५ भाद १ गतेदेखि लागू भएको यस सहितामा १४ परिच्छेद १८९ दफा र 25 अनुसुचि रहेको छ। यसका मूलभूत विशेषताहरु देहायबमोजिम रहेका हुन्।
- देवानी र फौजदारी विषयहरू स्पष्ट वर्गीकरण गरीएको,
- देवानी कार्यविधि कानूनका समान्य सिद्धान्तहरू उल्लेख गरिएको,
- अधिकार क्षेत्रसम्बन्धी स्पष्ट व्यवस्था,
- लिखत तयार गर्ने कार्यविधि सम्बन्धी व्यवस्था रहेको,
- हदम्याद सम्बन्धी व्यवस्था,
- वादी आफै वा निजको कानून व्यवसायमार्फत म्याद बुझाउने व्यवस्था
- court Fee लाई समायनुकुल समायोजन गरीएको,
- फिरादपत्र तथा दाबी प्रस्तुती सम्बन्धी व्यवस्था,
- म्याद तथा म्याद तामेलीसम्बन्धी व्यवस्था,
- पुनरावेदन सुन्ने अदालानमा प्रतिउत्तर सरहको पुनरावेदन दिनसक्ने व्यवस्था,
- दरपीठ सम्बन्धी व्यवस्था
- प्रारम्भिक सुनुवाई सम्बन्धी स्पष्ट व्यवस्था,
- तारिख र वारिस सम्वन्धी व्यवस्था रहेको,
- अन्तरकालिन र अन्तिम अन्देश सम्बन्धी व्यवस्था,
- लिखित परिमाण परिक्षण सम्बन्धी व्यवस्था
- साक्षी परिक्षण सम्बन्धी व्यवस्था,
- मुद्दाको सुनुवाई तथा फैसलासम्बन्धी व्यवस्था,
- मुलतवी र स्थानातरन्ण सम्बन्धी व्यवस्था,
- पुनरावेदन गर्ने निश्चित समय किटान गरीएको
- म्याद र तारिख थमाउन सक्ने।
- भिडियो कन्फरेन्सबाट साझी वकपत्र गर्न सकिने प्रविधियुक्त व्यवस्था,
- घरायसी लिखत प्रमाणिकरण सम्बन्धी ब्यवस्था,
- न्यायिक वा अदालतले प्राङ्गन्यायको सिद्धान्त अवलम्बन गर्नुपर्ने,
- समान्य कानूनको रुपमा निर्माण गरिएको,
- अदालतमा मात्र नभई अन्य न्यायिक निकायमा पनि लागू हुने,
- खुल्ला इजलास सुनुवाई गर्ने, पक्षको हैसियत समान हुने,
देवानी मुद्दा मानिने विषयहरु :-
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २(घ)अनुसार देहायका विषय सम्बन्धी मुद्दा देवानी पर्दछन् ।
- कानून बमोजिम फौजदारी मुद्दाको रूपमा परिभाषित गरिए वाहेकका कानूनी हक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पत्ति सम्बन्धी मुद्दा,
- नाता कायम वा सम्बन्ध विच्छेद,
- दस्तुर, पारिश्रमिक, तलब, भत्ता वा ज्याला,
- अंश, अपुताली, दान बकस, संरक्षक, माथवर, मातृक तथा पैत्रिक अख्तियारी, धर्मपुत्र वा धर्मपुत्री,
- कुनै करार, अर्धकरार वा अनुचित सम्वृद्धि अन्तर्गतको कुनै हक वा दाबी,
- दुष्कृति, अर्धदुष्कृति वा त्रुटिपूर्ण उत्पादन सम्बन्धी हक वा दाबी,
- सुविधाभार,
- क्षतिपूर्ति,
- देवानी प्रकृक्तिको अन्य कुनै विषय |
मुलुकी देवानी कार्यविधि संहिता २०७४ ऐन
खरिदार तेस्रो पत्र कानून खण्ड अन्तगर्तको पाठ ५. कानून र न्यायसम्बन्धी जानकारी अन्तर्गतको पाठ
५.९ मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहितामा प्रमुख विशेषताहरु
👉 5.9 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् |
५.१० मुलुकी अपराध संहिता र मुलुकी फौजदारी संहितामा प्रमुख विशेषताहरु
👉5.10 Page To Go Click
Post a Comment