१.१ कार्यालय र कर्मचारी
१.१.१ कार्यालय (Office) : परिचय, महत्व, कार्य र प्रकार
कार्यालयको परिचय ( OFFICE )
- दैनिक र भैपरि आउने कार्य सञ्चालन गर्ने स्थान कार्यालय हो।
- कार्यालय संगठन वा व्यवसायको देखिने अनुहार (visible face) हो।
- निश्चित उद्देश्य हासिल गर्नका लागि विभिन्न व्यवस्थापकिय तथा प्रशासनिक कार्यहरू सफल रुपमा सम्पादन गर्ने स्थान कार्यालय हो |
- यो संङगठनको सफलताको आधार स्तम्भको रुपमा रहेको हुन्छ।
- सेवाग्राही र सेवा प्रदायकवीच भेटघाट हुने केन्द्र बिन्दु हो यो।
- Heart of the organization हो , कार्यालय।
- कार्यालय संगठनको मियोको रूपमा रहेको हुन्छ।
- यसमा संगठनको नियन्त्रण प्रणाली रहेको हुन्छ ।
कार्यालयको महत्वहरु देहाय बमोजिम रहेको छ :-
- संगठनको उद्देश्य तथा लक्ष हासिल गर्न,
- मानवीय, भौतिक तथा वित्तीय स्रोतको एकीकृत व्यवस्थापन गर्न,
- अधिकार प्रत्यायोजन र श्रम विभाजन गर्न मद्दत गर्न,
- समन्वय, सूपरिवेक्षण र अनुगमन गर्ने आधार बनाउन,
- लागतलाई न्यूनीकरण गर्न,
- परिवर्तन तथा गुनासो व्यवस्थापन गर्न साथै नयाँ चुनौतीको सामना गर्न,
- कार्यालयले व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन,
- समूह गतिशिलतालाई स्पष्ट आधार प्रदान गर्न,
- संगठनको उत्तर बहन गर्न,
- संङगठनिक दिगोपन तथा सुशासन कायम गर्न ।
कार्यालयका कार्यहरु :-
पूर्व निर्धारित उदेश्य हासिल गर्नका लागि स्थापित निकाय कार्यालय हो | यो स्थायी संरचना हो | कुनै पनि कार्यालयले गर्ने कार्यहरू निम्नानुसार आधारभूत र सहायक कार्य गरी दुई भागमा विभाजन गर्न सकिन्छ |
क)आधारभूत/दैनिक कार्यहरू
- जनसम्पर्क गर्ने र जानकारी प्रदान गर्ने,
- प्राप्त जानकारी र सूचना सुरक्षित राख्ने,
- तथ्याङ्क तथा जानकारीको विश्लेषण गर्ने,
- पत्रहरू प्राप्त गर्ने र पठाउने,
- आवश्यकतानुसार सूचना र जानकारी उपलब्ध गराउने ।
ख) सहायक/प्रशासकीय व्यवस्थापनसम्बन्धी कार्यहरू
- कर्मचारी भर्ना, छनौट, नियुक्ति पदस्थापन, तालिम, सरुवा, बढुवा लगायतका कर्मचारी व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
- आर्थिक क्रियाकलाप सञ्चालन गरी अभिलेख तयार गर्ने,
- कार्यालयलाई आवश्यक सामग्रीको खरिद तथा व्यवस्थापन गर्ने,
- कार्यालयका भौतिक एवं अभौतिक (चल, अचल) सम्पत्तिको सुरक्षा गर्ने।
कार्यालयको प्रकार
- स्वामित्वका आधारमा :- सरकारी कार्यालय, व्यवसायिक कार्यालय, सेवासम्बन्धी कार्यालय ।
- शासकीय संरचनाकोआधारमा :- केन्द्रीय, प्रादेशिक, स्थानीय
- सांगठनिक संरचनाको आधारमा :- अग्र, मध्य , पृष्ठ कार्यालय
- उपस्थितिको आधारमा :- प्रत्यक्ष, अप्रत्यक्ष कार्यालय ।
- संगठनका आधारमा :- राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यालय ।
- आकारका आधारमा :- ठूला, मझौला र साना कार्यालय ।
- स्थायित्वका आकारमा :- स्थायी र अस्थायी कार्यालय ।
विभिन्न केन्द्रको रुपामा कार्यालय
- जानकारी केन्द्र
- अभिलेख केन्द्र
- सेवा केन्द्र
- जन सम्पर्क केन्द्र
- समन्वय केन्द्र
- नियन्त्रण केन्द्र
- सहयोग केन्द्र
- सञ्चार केन्द्र
- व्यवस्थापन केन्द्र
- स्मरण केन्द्र
कार्यालय व्यवस्थापनको परिचय
कार्यालयका कार्यहरूलाई चुस्त दुरुस्त बनाई नतिजामुखी बनाउन अपनाइने समग्र प्रयास एवम् क्रियाकलापहरू समष्टिलाई कार्यालय व्यवस्थापन भनिन्छ।
- कार्यालयले निश्चित उद्देश्य हासिल गर्न Man, Money, Method, Machine, Market and Material को समुचित संयोजन तथा कुशलता व्यवस्थापन गर्ने कार्य नै कार्यालय व्यवस्थापन हो।
- कार्यालयको आफ्ला गतिविधिहरूलाई नियमित तथा सुव्यवस्थित गर्न, Planning,Organizing, Staffing, Directing, Co- ordinating, Reporting and Budgeting गर्ने लगायतको कार्यको समष्टिलाई कार्यालय व्यवस्थापन भनिन्छ।
कार्यालय व्यवस्थापनका विशेषताहरूः
- कार्यालय व्यवस्थापन एक कला, कौशल र सीप हो,
- यो POSDCORBCO को एकीकृत रूप हो,
- यो स्रोतसाधनको कुशलतम उपयोगसँग सम्बन्धित विषय हो,
- यसको निश्चित लक्ष्य र उद्देश्य रहन्छ,
- कार्यालय व्यवस्थापन निरन्तर रूपमा चलिरहने प्रक्रिया हो,
- कार्यालय व्यवस्थापनको लागि men, money, machaine, material and market जस्ता स्रोत साधनको आवश्यक पर्दछ,
- कार्यालय व्यवस्थापन निश्चित कानूनमा आधारित हुन्छ,
- यो वातावरण निर्देशित हुने गर्दछ,
- कर्मचारी कार्यालय व्यवस्थापनका आधारशीला हुन्,
- यो स्रोतसाधनको कुशल व्यवस्थापनमा आधारित हुन्छ,
- यसले कार्यालयलाई जीवन्तता तुल्याउन मद्दत गर्दछ एवम् |
१.१ कार्यालय र कर्मचारी पाठ अन्तर्गतको
१.१.१ कार्यालय(Office) : परिचय, महत्व,कार्य र प्रकारको नोट
👉 1.1.1 Note PDF Download Link
यसपछि को अर्को पाठमा जानलाई यहाँ तल Click गर्नुहोस् | १.१.२ कार्यालय सहयोगीका कार्य र गुण
👉 1.1.2 Page To Go Click
Post a Comment