Loksewa Nest - लोकसेवा सहयोगी
लोक सेवा आयोग
अप्राविधिक तर्फका नेपाल न्याय, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको द्वितीय चरणको खुला प्रतियोगितात्मक लिखित परीक्षा
मितिः २०८२/३/२१
समयः २ घण्टा ३० मिनेट। पूर्णाङ्कः १००
पत्रः तृतीय
बिषयः कार्य ज्ञान सम्बन्धी
तलका प्रश्नहरूको उत्तर Section अनुसार छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
Section - A 35 Marks
१. निजामती सेवा ऐन, २०४९ बमोजिम निजामती कर्मचारीलाई दिन सकिने विभागीय सजायको प्रकारहरू उल्लेख गर्दै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्न सकिने अवस्थाहरू उल्लेख गर्नुहोस्। (2+3=5)
२. विद्युतीय शासन (e-Governance) भनेको के हो? विद्युतीय शासनले सार्वजनिक सेवा प्रवाहमा कसरी योगदान पुऱ्याउन सक्छ ? स्पष्ट पार्नुहोस् । (2+3=5)
३. सूचनाको हक भनेको के हो? सूचनाको हक सम्बन्धमा सार्वजनिक निकायको दायित्व उल्लेख गर्नुहोस् । (2+3=5)
४. भ्रष्टाचार भन्नाले के बुझिन्छ" भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम रिसवत लिनेदिनेलाई के कस्तो सजायको व्यवस्था गरिएको छ ? उल्लेख गर्नुहोस् । (3+7=10)
५. सार्वजनिक सेवालाई प्रभावकारी बनाउन सूचना र सञ्चार प्रविधिको के कस्तो महत्त्व हुन्छ? सूचना प्रविधिको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन चाल्नुपर्ने कदमहरू उल्लेख गर्नुहोस् । (5+5=10)
Section-B 35 Marks
६. सम्परीक्षण भनेको के हो ? सम्परीक्षण सम्बन्धी प्रचलित कानूनी व्यवस्था उल्लेख गर्नुहोस् । (2+3=5)
७. बजेट हिसाबको परिचय गराउँदै यसमा रहने खण्डहरूको बारेमा लेख्नुहोस्। (2+3=5)
८. कम्प्युटराईज्ड सरकारी लेखा प्रणाली (CGAS) को परिचय दिँदै यसका बिशेषतामाथि प्रकाश पार्नुहोस् । (1+4=5)
९. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा व्यवस्था भए अनुसार आन्तरिक नियन्त्रण प्रणालीका बारेमा उल्लेख गर्दै लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको गठन कसरी गरिन्छ ? लेख्नुहोस् । (4+6=10)
१०. सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ अनुसार मालसामान खरिद गर्दा के कस्तो प्रक्रिया अवलम्बन गर्नुपर्दछ ? खरिद विधिबारे जानकारी गराउँदै शिलबन्दी दरभाउ पत्र आह्वान गरी खरिद गर्ने प्रक्रिया सम्बन्धी भएको व्यवस्था उल्लेख गर्नुहोस् । (3+7=10)
Section-C 30 Marks
११. गठन आदेश भनेको के हो? ऐन र गठन आदेशबीच के कस्ता समानता र भिन्नताहरू हुन्छन् ? उल्लेख गर्नुहोस् । (5)
१२. म्याद र तारेखबीचमा के कस्तो भिन्नता हुन्छ ? सान्दर्भिक उदाहरण दिंदै स्पष्ट पार्नुहोस् । (5)
१३. सर्वोच्च अदालतलाई किन अभिलेख अदालत भनिएको हो? जानकारी गराउँदै सर्वोच्च अदालतको अधिकार क्षेत्र वर्णन गर्नुहोस् । (3+7=10)
१४. अभियोगपत्रको परिचय दिनुहोस्। अदालत समक्ष पेश गर्नुपर्ने अभियोगपत्रमा समेट्नुपर्ने मुख्य मुख्य विवरणहरू के के हुन् ? खुलाउनुहोस् । (3+7=10)
««समाप्त»»
खरिदार तेस्रो पत्र नमुना प्रश्नपत्र (Model Set 1) PDF को रुपमा Download गर्नलाई यहाँ क्लिक गर्नुहोस् |
Post a Comment